Saturday July 19, 2025 | |

सामूहिक चोरी मुद्दाका फरार ४ महिला पक्राउ

featured-news

दाङ– चोरी मुद्दाका फरार चारजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१८ ढोडेनी निवासी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ वर्षीया चन्द्रकला सुनार र ३५ वर्षीया ज्योति दमाई छन्।

जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार उनीहरूलाई सामूहिक चोरी मुद्दामा जिल्ला अदालतले २०७६ वैशाख ३० गते जनही पाँच हजारका दरले जरिवाना र आठ महिना सात दिन कैद फैसला सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले पक्राउ परेका उनीहरूलाई आजै जिल्ला अदालतमा बुझाएको जानकारी दिए।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार