Thursday April 25, 2024 | |

विमानस्थलमा प्रहरीमाथि जाइलाग्नुको कारणबारे बोले पारस शाह

featured-news

काठमाडौं- पूर्वयुवराज पारस शाहले हिजो त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा भएको घटनाको सम्बन्धमा फेसबुकमार्फत् स्पष्टीकरण दिएका छन् । शाहले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै स्पष्टीकरण दिएका हुन् । 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका प्रहरी अधिकृतले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको बताएका छन् ।

 उनले स्पष्टीकरणमा लेखेका छन् , मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागे । 

उनले त्यसबेला आमा बिरामी भएकोले तनाबमा रहेको बताउँदै भनेका छन्, त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार