काठमाडौँ ।धरान उपमहानगरपालिकामा योजना भुक्तानीको विषयमा नगर प्रमुख हर्क साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंबीचको विवाद चुलिएको छ। श्रमदानमार्फत सम्पन्न भनिएको योजनाको भुक्तानी रोकिएपछि मेयर साम्पाङले लिखित रूपमा स्पष्टीकरण मागेका हुन्।
धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा तारजाली लगाउने काम यही असार २ गते सम्पन्न भएको थियो। सो कार्यलाई श्रमदानको रूपमा प्रस्तुत गरिएको भए पनि सीमित व्यक्तिहरूको डोरहाजिरमार्फत भुक्तानी मागिएको भन्दै विवाद उत्पन्न भएको हो।
मेयर साम्पाङले सम्झौता, प्रक्रिया तथा सार्वजनिक परीक्षणसमेत पूरा भइसकेको योजनाको भुक्तानी रोकिएकोप्रति आपत्ति जनाउँदै प्रशासकीय अधिकृत चौलागाईंलाई सोधिएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतबीचको विवादका कारण धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेको छैन। उपमेयरको पत्रकार सम्मेलनपछि उत्पन्न परिस्थितिमा मेयरको सार्वजनिक पत्रले विवाद झनै चर्किएको छ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया