Friday March 29, 2024 | |

वलात्कार गरेर पीडितसँगै चार लाख माग्दै धम्की

रुकुम पश्चिममा एक जना महिलालाई बलात्कार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिकाकी ४८ वर्षीया महिलालाई पटक-पटक बलात्कार गरेको आरोपमा त्यही वडाका ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । 

चन्दले पीडित महिलाको घरमा कोही नभएको समयमा गएको असोज १९ गते बिहान डर धम्की देखाइ जबरजस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभयो ।

चन्दले पुनः गएको कात्तिक ७ गते बिहान घरमा कोही नभएको समयमा पीडितको घरमा पुगेर जबरजस्ती करणी गरी धम्काउँदै चार लाख रुपैयाँ मागेको डीएसपी खड्काले बताउनुभयो । पैसा नदिए बेइज्जत गरिदिन्छु भन्दै चन्दले पीडित महिलालाई मानसिक तनाव दिएको प्रहरीले जनाएको छ । 

चन्दलाइ बिहीबार प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डीएसपी खड्काले बताउनुभयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार