काठमाण्डाै - पाचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले हराएको छ । इंग्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य पछाएको पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २९७ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमेदले ९७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि जोय रुटले ८४ तथा कप्तान इयान मोर्गनले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।
योसंगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज आफ्नो पक्षमा पारेको छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया