मड्रिड– स्पेनीस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड एभरसँग बराबरीमा रोकिँदा बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएको छ।
आइतबार राति सम्पन्न खेलमा रियल मड्रिड एभरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैठौं मिनेटमा एभरका मिडफिल्डर फ्रान राकोले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए तर खेलको १७ औं मिनेटमा रियलका ग्यारेथ बेलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल १–१ गोलको बराबरीमा सकिएको हो। रियलको यो लगातार चौथो बराबरी हो।
त्यस्तै सेल्टा भिगोको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोलीले खेलको २२ औं मिनेटमा पायोनी सिस्टोले गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यस्तै खेलको ३१ औ मिनेटमा अस्पासले गोल गर्दा बार्सिलोनाका म्याथ्युले ३३ औ मिनेटमा आत्मघाती गोल गर्न पुग्दाँ सेल्टा भीगोले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।
खेलको ५४ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले आन्द«े इनियस्टाको क्रममा गोल गर्दै खेललाई ३–१ को अवस्थामा प¬¥याउँदा नेइमारले ६४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा प¬¥याएका थिए । खेलको ७७ औं मिनेटमा हर्नान्डेजको गोलबाट सेल्टा भीगोले आफ्नो अग्रता ४–२ मा प¬¥याएका थिए। खेलको ८२ औं मिनेटमा बार्सिलोनाका पिकेले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया