Thursday April 25, 2024 | |

म्यानचेस्टर सिटी टोटमह्यामसँग स्तब्ध

featured-news

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटमह्यामसँग स्तब्ध भएको छ। गए राति टोटनह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा  टोटनह्यामले म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो। यस हारसँगै सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको  ।

खेलको ९ औं मिनेटमा म्यानचेस्टर सिटीका कोलोरोभले आत्मघाती गोल गर्दा टोट्नह्यामले खेलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३७ औं मिनेटमा अलिले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल  टोटनह्यामले २–० ले जित्यो।
त्यस्तै गए राति सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेड स्टोकसँग १–१ गोलको बराबरीमा रोकिएको छ। खेलको ३९ औं मिनेटमा युनाइटेडका मार्टिलले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीले सुरुवाती अग्रता दिलाएका थिए।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार