Friday March 29, 2024 | |

नेपाल लगातार दोस्रो पटक पराजित

featured-news

१३ मंसिर, काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलंकासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । चौबिस रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि ज्योति पाण्डेले १६ रन बनाउनबाहेक अन्य वाट्सओम्यानले बिर्सन लायक प्रदर्शन गरे । सीता राना मगरले चार तथा कप्तान रुविना क्षेत्रीले एक रन बनाए भने अन्य सबै व्याट्सओम्यान शून्य रनमा पेवेलियन फर्किए । नेपालका लागि कप्तान रुविना र करुणा भण्डारीले समान एक विकेट लिए । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । नेपालले अर्को खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार