Thursday April 18, 2024 | |

साझा यातायातबाट खुलेआम ठगीदै यात्रु, मासिक १२ लाख रुपैयाँ ठगी

featured-news

काठमाडौं । तपाईंलाई थाहा छ ? साझा यातायातले यसरी टिकटमै उल्लेख गरेर प्रत्यक यात्रुबाट खुलेआम रुपमा दुई रुपैयाँ ठगीरहेको छ । पेट्रोलियम पदार्थको मूल्य घटे सँगै सरकारले, २०७२ सालमा सार्वजनिक सवारीको भाडादर समायोजन गरेको थियो । जसअनुरुप त्यसबेला लिईंदै आएको भाडामा २ दशमलव २ प्रतिशतका दरले घटाउने यातायात व्यवस्था विभागले निर्णय गरेको थियो ।
विभागको त्यही निर्णय बमोजिम काठमाडौंका सार्वजनिक सवारीसाधनमा न्युनतम् भाडादर १३ रुपैयाँ कामय भएको थियो । तर, न्युनतम भाडादर १३ रुपैयाँ उल्लेख भएपनि साझा यातायातले भने यात्रुसँग १५ रुपैयाँसम्म लिंदै आएको छ । त्यो पनि टिकटमा नै उल्लेख गरेर । साझाले दुई वटा टिकट बनाएको छ जस मध्य विद्यार्थीका लागि १० रुपैयाँको टिकट बनाएको छ भने अन्यका लागि १५ रुपैयाँ को । यो रकम सरकारले तोकेको भन्दा २ रुपैयाँ बढी हो । साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेय यो कुरा स्वीकार्छन् । उनका अनुसार, अहिले राजधानीमा मात्र ४५ वटा साझा यातायात सञ्चालनमा छन् । ती ४५ वटा सवारीमा दैनिक करिव २० हजार मानिस ओहोरदोहोर गर्छन् ।
अब हेर्नुस् त साझा यातायातले एक जना यात्रुबाट दुई रुपैयाँ रकम बढी लिन्छ । का.मु.प्रमुख कार्यकारी अधिकृत ज्यूको भनाईलाई आधार मान्दा पनि २० हजार यात्रुबाट साझा यातायताले दैनिक ४० हजार रकम बढी लिंदै आएको छ । अर्थात दैनिक ४० हजार रुपैयाँ ठगीरहेको छ । यसरी हेर्दा मासिक १२ लाख रुपैयाँ यात्रुबाट साझा यातायताले ठग्दै छ । तर, यात्रुहरु खुलआम रुपमा यसरी ठगीदा समेत नियमनकारी निकाय भने मौन छ । अझ भनौं मुकदर्शक बनेर बसेको छ । आखिर किन लाचार छ नियमनको जिम्मेवारी लिएर बसकेको निकाय यातायात व्यवस्था विभाग ? विभागका महानिर्देशक रुपनारायण भट्टराई भने जनशक्ति अभावको समस्या देखाउँदै उम्किए ।
एकातिर महानिर्देश ज्यू जनशक्ति अभाव भयो भन्दै छन् । अर्कातिर विभागकै नेतृत्वमा ट्राफिक प्रहरी सँग समन्वय गरेर अनुगमन समेत भइरहेको छ । तर, अनुगमन झारा टार्ने काममा मात्र सिमित हुँदा यात्रुहरु भने ठगीइरहेका छन् । हुन त तोकिएको भन्दा बढी भाडा लिएर यात्रु ठग्ने यातायात सेवा प्रदायक कम्पनी साझा मात्र होइन । निजी क्षेत्रका यातायात सेवा प्रदायक कम्पनीले समेत सरकारले तोकेको भन्दा बढी भाडा लिदै यात्रुहरु ठग्दै आएका छन् । यसर्थ जनशक्ति अभावको कारण देखाउँदै पन्छिरहेको यातायात व्यवस्था विभागले यात्रु ठग्ने व्यवसायीलाई तत्काल कारवाहीको दायारामा नल्याउने हो भने विभाग आफै ठगहरुको मतियार बनेको स्पष्ट देखिन्छ ।
फागुन २५,२०७४मा प्रकाशित

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार