Friday March 29, 2024 | |

फोर्ड गाडी बेच्दा जिओ अटोमोबाइल्सले ठगी गरेको पुष्टी, एउटै गाडीमा तीनलाख बढी ठगेको खुलासा

featured-news

काठमाडौं । केही दिन अघि मात्र, फोर्ड ब्राण्डको इको स्पोर्ट गाडी बेच्दा जिओ अटोमोबाइल्सले उपभोक्ताबाट लाखौं रकम ठगी गरेको तथ्य उजागर भयो । यो सँगै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कम्पनिलाई ठगी मुद्दा चलाउने निर्णय गरेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भन्छन् – गाडी कम्पनिले उपभोक्ता ठगेको भेटिएको छ केहि दिनमै कम्पनिलाई कारवाहीका लागि प्रहरीमा पत्र लेख्छौं ।
तर, विभागबाट कारवाही प्रक्रिया अघि बढीरहँदा उच्च राजनीतिक नेतृत्व भने कम्पनिलाई जोगाउन तर्फ लागेको छ । उच्च स्रोतका अनुसार जीओ अटोमोबाइल्सलाई जोगाउन अर्थमन्त्री, अर्थसचिवसहित केही उच्च तहका नेता सक्रिय रूपमा विभागलाई दबाब दिन थालेका छन् । विभाग स्रोतका अनुसार, उपभोक्ता लुट्दै आएको यो कम्पनिलाई जोगाउन जीओ अटोमोबाइल्सका कार्यकारी निर्देशक आकाश गोल्छाले ठूलो रकमको ‘डिल’ गरेका छन् । विभागका महानिर्देशक कुमारप्रसाद दाहाल पनि अनुगमन प्रभावित पार्न चलखेल भइरहेको कुरा स्वीकार्छन् ।
यता, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना, उपभोक्ता माथि लुटको साम्राज्य चलाउँदै आएका गाडी विक्रेता कम्पनिले आफूहरु जोगिन ठूलै रकमको चलखेल गरिरहेको आरोप लगाउँछन् ।
यसरी हुँदै छ छुटका नाममा लुट
विभागका अनुसार, फोर्डको इको स्पोर्ट १ दशमलव ५ लिटर पेट्रोल गाडीको वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार २ सय ९२ रुपैयाँ हो । तर, जिओ अटोमोबाइल्सले ५ लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी २८ लाख २२ हजार ७ सय आठ रुपैयाँ कायम विक्री मुल्य राखेको छ । यसरी २८ लाख २२ हजार बिक्री मूल्यबाट कम्पनिले २ लाख ३६ हजार २ सय ८३ रुपैयाँ छुट दिएर २४ लाख ८६ हजार ७ सय २५ रुपैयाँमा गाडी विक्रि गर्ने गर्छ । यसरी छुटको भ्रम छरेर ग्राहक सँग कम्पनिले २ लाख २८ हजार ४ सय ३२ रुपैयाँ बढी लिंदै आएको छ । उपभोक्ता लुट्ने यस्ता कम्पनि कारवाहीको दायरामा आउनै पर्छ । अनि, ठगीबाट बच्न उपभोक्ता स्वयम पनि चनाखो बन्नु आवश्यक देखिन्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार