Friday April 19, 2024 | |

बयोधा अस्पतालमा ठगी धन्दा उग्र, पाइला पाइलामा ठगिदै विरामी

featured-news

काठमाडौं । राजधानीको नाम कहलिएको एउटा अस्पताल । जसले अस्पतालको छतमाथि नै हेलिप्याड बनाएर विरामीको सेवा गरको दाबी गरिरहेको छ । तर, यही अस्पताल, जसले विरामीबाट बढी शुल्क अशुल्ने गरेको खुलासा भएको छ ।
बयोधा अस्पताल, बल्खु, काठमाडौं
हो, विरामीहरुको गुनासो पछि नियमनकारी निकाय आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनबाट बयोधाको ठगी धन्दा पर्दाफास भएको हो ।
कसरी ठग्दै छ बयोधाले विरामी ?
नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (२०७४ को दफा ७ को स्वास्थ्य सेवा शूल्क महल (१) मा भनिएको छ – नेपाल सरकारले प्रदान गर्ने स्वास्थ्य सेवा र सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाबाहेकका व्यक्ति, संस्था वा निकायले प्रदान गर्ने स्वास्थ्य सेवामा जारी बीजक मूल्यको पाँच प्रतिशतका दरले स्वास्थ्य सेवा कर लगाईने र असुल गरिनेछ । सोही दफाको उपदफा १७ मा स्वास्थ्य सेवा कर बुझाउने व्यक्ति, संस्था वा निकाय स्वेच्छिक रुपमा भ्याटमा दर्ता हुन सक्ने व्यवस्था छ । विधेयकको अनुसूची १ मा कर छुट हुने वस्तु तथा सेवाहरू महलको समूह (५) को औषधि उपचार तथा यस्तै स्वास्थ्य सेवाहरूमा भ्याटमा दर्ता भएका संस्थाले प्रदान गरेको स्वास्थ्य सेवाबाहेकमा स्वास्थ्य सेवा कर लाग्ने व्यवस्था छ ।
यसलाई हेर्दा नेपालमा सञ्चालित निजी अस्पतालले स्वास्थ्य सेवा कर र मूल्य अभिवृद्धि कर (भ्याट) मध्ये एउटा शीर्षकमामात्रै कर असूल गर्न पाउँछन् । यसबाहेकका कुनै पनि सेवा शूल्क अस्पतालले विरामीबाट लिन पाउने व्यवस्था कानूनमा छैन । तर, यो अस्पतालहरुले विभिन्न शीर्षकमा शुल्क उठाउँदै आएको विभागले जनाएको छ । अस्पतालले बेड, बेड जार्च डिलक्स गरी एकै शीर्षकमा दुईपटक, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रिएनेक्स चार्ज तथा बिरामी कुरुवाको सहित विभिन्न शुल्क लिएको पाइएको थियो ।
कारवाही के ?
मुलुकी ऐन ठगीको महलको एक नम्बरमा झुटो कुरालाई सत्य हो भनी झुक्याई अथवा अरू जुनसुकै व्यहोराबाट धोका दिई अरूको चल/अचल धनमाल लिएमा ठगी गरेको हुने कानुनी व्यवस्था छ । सोही महलको चार नम्बरमा ठगी गर्नेलाई बिगो खुलेको भए बिगोको बमोजिम र बिगो नखुलेको भए ५ हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद हुने गरी दुवै सजाय हुने व्यवस्था छ । अस्पतालहरुले सर्वसाधरणमाथि गर्ने गरेको यस्तो ठगीको धन्दा तल्काल नियन्त्रण हुनुपर्छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिम्मेवार संस्था नै गैरजिम्मेवार बनेर सेवाको नाममा व्यापार गर्नु सर्वसाधरणमाथिको लुट हो । जबसम्म विरामी लुट्ने यस्ता अस्पताल कानुनी दायरामा आउँदैनन् तब सम्म हाम्रो खबरदारी निरन्तर जारी छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार