Sunday June 1, 2025 | |

विराटनगरका पोखरेलमाथि सम्पत्ति सुद्धीकरणको नजर, कन्सल्टेन्सीको आवरणमा ठगी धन्दाको आरोप !

featured-news

थोरै ऋण तिरिदिएर करोडौंको सम्पत्ति क्वाप्लक्कै !

काठमाडौं – मोरङको विराटनगरस्थित हिमगुण कन्सल्टेन्सीका सञ्चालक विराटनरका कृष्णहरी पोखरेलले ऋण तिरिदिने बहानामा करोडौंको सम्पत्ति हत्याएको भन्दै पीडितहरु न्यायका लागि हारगुहार गरिरहेका छन् । सिमित ऋण तिरिदिएर विराटनगर र झापास्थित दमकस्थित मुख्य बजारकै घर जग्गा हत्याएपछि घर न घाटको अवस्थामा पुगेका पीडितहरु न्यायको खोजीमा लागेका हुन् ।

मोरङको विराटनगर महानगरपालिकाका–११ जनपथ टोल कान्छा दाई मार्गको साढे दुई तलाको घर करिब १७ धुरमा बनेको छ । जसको मुल्य अहिले ४ करोड भन्दा माथि पर्छ । जुन घरका धनी थिए स्थानीय ताराकुमार तुम्रोक । उनले आफ्नो घर एनएमबी बैंकमा धितो राखेर ८५ लाख ऋण थिए । त्यहि ऋण सल्टाउन भन्दै तुम्रुकले घर बेच्न खोजे ।

त्यही समयको मौका छोप्दै पहिलेदेखिनै चिनजान भएका पोखरेलले पछि बढी मुल्यमा बेचिदिने लोभ देखाएर बैंकको ऋण तिरिदिए र घर जग्गा आफ्नो श्रीमतीका नाममा गराए । ८५ लाखमै करोडौंको सम्पत्ति नामसारी गर्न सफल पोखरेल अहिले ढुक्क सँग बसेका छन् । पीडितले पटक–पटक पहल गर्दा पनि घर फिर्ता ल्याउन नसकेपछि न्यायका लागि दौडधुपमा लागेका छन् ।

पोखरेलबाट ठगीनेमा ताराकुमार त एक उदाहारण मात्र हुन् । झापाको दमकस्थित कुमारी लावती २ कठ्ठा ८ धुरको घरजग्गा पनि पोखरेलले त्यसैगरी आफ्नो श्रीमती बिनिता ढकालको नामममा ल्याएका छन् । सुरुमा बैंकको सिमिति ऋण तिरिदिएर करोडौंको घर जग्गा आफ्नो नाममा पारेका पोखरेलले अहिले २४ प्रतिशत ब्याज लगायत बहानाबाजी गर्दै घर जग्गा फिर्ता गर्न मानेका छैनन् । एकाएक घरबास नै उठेपछि अहिले लावती न्यायका लागि हारगुहार गरिरहेकी छिन् ।

यस विषयमा बुझ्न हामीले कन्सल्टेन्सी सञ्चालक पोखरेलसँग सम्पर्क ग¥यौं । उनी ‘मलाई यो केही पनि थाहा छैन, मैले कसैको केही सम्पत्ति खाएको छैन । म धितो मुल्याङ्कन गर्ने इन्जिनियरिङ्ग कन्सल्नेन्सी सञ्चालक हुँ । कानुन अनुसार त्यही चलाएर बस्छु’ भन्दै पन्छिए । तर पोखरेलले केही पनि थाहा नपाएको दाबी गरिरहँदा पीडितहरु भने न्यायका लागि भौतारिरहेका छन् ।

यतिसम्मकी सिमिति मुल्य तिरेर करोडौंको सम्पत्ति गुमाउनेहरुमा तुम्रुक र कुमारी मात्र होइन अरुपनी थुप्रै व्यक्तिहरु छन् । मोरङ, सुनसरी, झापा लगायत स्थानका पीडितहरु न्यायको खोजीमा छन् । मोरङमा राम्रो पहुँच र प्रतिष्ठा बनाएका पोखरेल विराटनगरकै धनीमानीमा गनिन्छन् । तर जग्गाको मूल्याकंन गर्ने कन्सल्टेन्सी चलाएर बसेका उनिमाथि धितो मुल्याङ्कनमा समेत तलमाथि गरेर बैंकलाई समेत अप्ठेरोमा पारेको आरोप समेत लागेको छ ।

यति सम्मकी उनले स्वयम आफ्नै घर भित्रको करोडौंको सम्पत्ति पनि आफन्तलाई झुक्याएर आफ्नो श्रीमतीको नाममा पार्न सफल भएका छन् । अहिले उनिहरुको घरभित्रको अंशबण्डाको विषयमा अदालत सम्म पुगेको छ । यतिमात्र होइन उनिविरुद्ध अहिले सम्पत्तिसुद्धिकरको उजुरी समेत परेको छ ।

हुनपनि अहिले उनीबाट पीडित बनेकाहरु थुप्रै छन् । तर कोहि उनको पैसा, प्रभाव र पहुँचका कारण पीडितहरु उजुरी गर्न नै डराउँछन् । जताततै प्रभाव जमाउन सफल पोखरेलका अघि पीडितहरु घुँडा टेक्न बाध्य छन् । यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक छ ताकी पीडितले न्याय पाउन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार