लियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो ।
पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई रामश््रै दबाव दिएको पथयो । साथै गोल गर्ने केही मौका समेत पाएको थियो ।
तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो । ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।
यस पटकको विश्वकपमा आम दर्शकले सोचे भन्दा फरक फरक नतिजा आइरहेकोले पनि ब्राजिलको खेललाई दर्शले महत्वकासाथ हेरेका छन् । यस अघि अर्जेन्टिना, पोर्चुगल, स्पेन बाहिरिसकेको छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया