Friday March 14, 2025 | |

शकिब अल हसन सबैभन्दा तेज क्रिकेटर : २ सय ५० विकेट र ५ हजार रन पूरा

featured-news

काठमाण्डौ – बंगलादेशका अलराउण्डर खेलाडी शकिब अल हसन सबैभन्दा तेज क्रिकेटर बन्दै एकदिवसीय क्रिकेटमा २ सय ५० विकेट र ५ हजार रन पूरा गरेका छन् । 

३२ वर्षीय हसनले आफ्नो २ सय ५० औँ विकेटमा आइतबार साउथ अफ्रिकाका ओपनर ब्याट्सम्यान एडन मरक्रमलाई आउट गर्न पुगेका थिए ।  

सकिबले अहिलेसम्म १ सय ९९ एकदिवसीय खेल खेल्दै यो रेकर्ड बनाएका हुन् ।  

यसअघि सनथ जयसुरियले ३०४ म्याच खेल्दै यो रेकर्ड हात पारेका थिए । यस्तै शहिद अफ्रिदीले २७३, ज्याकी कालिसले २९६ र अब्दुल रज्जाकले २३४ म्याचमा यस्तो रेकर्ड बनाएका थिए । 

आइतबारको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो । प्रतियोगितामा हसन म्यान अफ दी म्याच घोषित भएका थिए । 

हसनले अहिलेसम्म ४० अर्धसतक र सात सतक पूरा गर्दै ५ हजार ७ सय ९२ रन बनाएका छन् । आइतबार दक्षिण अफ्रिकासँगको खेलमा हसन र मुस्फिकर रहिमले १ सय ४२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यसमा हसनले व्यक्तिगततर्फ ७५ रनको योगदान दिएका थिए ।  

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार