Wednesday October 15, 2025 | |

विश्वकप : बेल्जियम २२ र फ्रान्स १२ वर्षपछि सेमिफाइनलमा

featured-news

काठमाडौं, २३ असार– बेल्जियम २२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा ब्राजिललाई २–१ गोलले पराजित गर्दै बेल्जियम सन् १९८६ पछि सेमिफाइनलमा पुुगेको हो । 

समूह चरणका सबै खेल जितेको बेल्जियम अन्तिम १६ को खेलमा भने समस्यामा परेको थियो । शुरुमा २–० ले पछि परेको बेल्जियमले जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेर आएको हो ।

विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षमा पहिलो टिम हो । बेल्जियमले ५५ वर्षपछि ब्राजिलविरुद्ध जीत दर्ता गरेको हो ।

फ्रान्स १२ वर्षपछि विश्वकपको सेमिफाइनलमा
पुर्व विजेता फ्रान्स  रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा फ्रान्सले अर्को पुर्व विजेता उरुग्वेलाई २–० गोलले हरायो ।  

सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसयता फ्रान्स विश्वकपमा पहिलोपटक सेमिफाइनल पुगेको हो ।

असार २३, २०७५ मा प्रकाशित

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार