Friday April 19, 2024 | |

पार्क बनाउन दिएको रकमको भएन सदुपयोग

featured-news

काठमाडौँ– संसारका सबै ठूला सहरमा मनोरञ्जनका लागि विभिन्न पार्कहरु हुन्छन् । चाहे त्यो सरकारले निर्माण गरेको होस् या निजी संघ संस्थाले । तर नेपालको सन्दर्भमा हेर्ने हो भने त्यस्ता मनमोहक पार्क भेट्न निकै मुस्किल छ । कतिपय पुराना पार्कहरुलाई व्यवस्थित बनाउन सकेको छैन ।

काठमाडौँभित्र मनोरञ्जन स्थलको अभाव महशुस गर्दै काठमाडौँ महानगरपालिकाले छिमेकी नगरहरुलाई समेत पार्क बनाउन सहयोग गरिरहेको छ । रमणीय पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिकाले २०७५ माघ २७ गते १० वटै नगरपालिकालाई १/१ करोडको चेक हस्तारन्तरण गरेको थियो ।

जसअनुरुप कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रगिरीमा ‘मदनभण्डारी स्मारक पार्क’, नार्गजुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, गाकेर्णेश्वरमा ‘बज्रयोगिनी पार्क’, बुढानिलकण्ठमा ‘बुढानिलकण्ठ पार्क’ र कागेश्वरीमा पार्क निर्माण गर्न महानगरले सो रकम दिएको थियो ।

विस्तृत समाचारका लागि तलको लिंक क्लिक गर्नुहोला

https://www.khabarhub.com/2020/01/223610/

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार