काठमाण्डौ - आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारत इंग्ल्याण्डसँग हारेसँगै पाकिस्तानको सेमी फाइनल पुग्ने संभावना न्यून बनेको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानका समर्थकहरुले भारतको जित होस् भन्ने कामना गर्नुका साथै इग्ल्याण्ड हारेको हेर्न चाहेका थिए । तर भारत पराजित भएसँगै पाकिस्तानी समर्थकलाई झड्का लाग्न पुगेको छ ।
भारत हारेसँगै सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिकृयाहरु आएको छ । शतककाे पारी खेलेका रोहित शर्माको प्रशंसा भइरहेको छ भने धोनी जानिबुझि कमजोर खेलेको भन्दै आक्रोस पोखिएको छ ।
खेल सकिएसँगै पाकिस्तानी समर्थकले पाकिस्तानलाई सेमी फाइनलमा पुग्न रोक्नका लागि भारतले जानिबुझी म्याच हारेको आरोप लगाईरहेका छन् ।
ट्विटर प्रयोगकर्ता अली कामराजीले यो हारको पछाडीको कारण के हो भन्ने बारे सबैले राम्रोसँग जानेको बताएका छन् । साथै टिम र आफ्नो देशको लागि के सही हो भन्ने बारे धोनी राम्रोसँग जानकार रहेको पनि उनी बताउँछन् ।
Sorry Indian people's !!
Dhoni knows what's right for his team and country.
Just thinking
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया