Thursday March 28, 2024 | |

भारतको पुणेमा केमिकल उद्योगमा आगलागीमा परि १८ मजदुरको मृत्यु

featured-news

काठमाडौँ– भारतको महाराष्ट्र राज्यको पुणेस्थित एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।

३७ मजदुर कार्यरत रहँदा सोमबार बेलुकी भएको आगलागीमा अझै केही बेपत्ता छन् । हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।

तस्वीरः एएनआई

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार