Friday April 19, 2024 | |

अफगानिस्तानका सुरक्षाकर्मी र तालिवानका लडाकुले सँगै मनाए ईद, राष्ट्रसंघद्वारा स्वागत

featured-news

अफगानिस्तानका सुरक्षाकर्मी र आतंकबादी संगठन तालिवानका लडाकुले सँगै ईद मनाएको कुरा बाहिरिएपछि राष्ट्रसंघले स्वागत गरेको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुले अफगानी सुरक्षाकर्मीसँग अंकमाल गर्दै ईद मनाएका थिए । ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुले युद्धविरामको घोषणा गरेका थिए ।

शनिबार ईद मनाउँदै गर्दा अफगानी सेना र तालिवानबीचको सौहार्द व्यवहारले युद्धविरामतर्फ अग्रसर हुनुपर्ने राष्ट्रसंघले समेत सुझाव दिएको छ ।

उता, राष्ट्रपति असरफ गानीले समेत युद्धविराम लम्बाउन तालिबानसँग माग गरेका छन् । उता, राष्ट्रपति गनीले ईदको अवसरमा भएको संघर्षबिरामपछि स्थायी शान्तिका लागि कदम बढाउन चाहेको बताएका थिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार