Friday April 19, 2024 | |

यस्तो छ सिरियाका भाइरल भिडियोको वास्तविकता

featured-news

हिमाल कोइराला ।
सिरियामा भइरहेको युद्ध र त्यसले बालबालिकालाई परेको प्रभाव देखाउँदै फेसबुक, ट्विटर र अरु सामाजिक सञ्जालमा अन्त्यन्तै कारुणिक एवं आङ जिरिङ्ग बनाउने फोटो र भिडियोहरु भाइरल भइरहेका छन् । कतिपय त्यस्ता फोटो र भिडियोहरु यतिसम्म कारुणिक छन् कि ती भाइरल फोटोलाई हामी टेलिभिजनको पर्दामा देखाउन समेत सक्दैनौँ ।

यस्तो फोटो पोस्ट गर्नेहरु नै कसले त्यसरी बालबालिकामाथि आक्रमण गरिरहेका छन भन्ने भेउ पाउन सकिरहेका छैनन् । फेसबुकका समयरेखा र भित्तामा कसैले आक्रमणको दोष अमेरिकालाई दिइरहेको देखिन्छ भने कसैले सिरिया सरकारले त्यसरी आक्रमण गरेको भन्ने आरोप लगाइएका छन् ।

आतंकवादी संगठन अल कायदासँगसम्बद्ध हयात तहरिर अल शाम तथा फैलक अल रहमान, जैश अल इस्लाम, अहरर अल शाम सहितका घटकहरुले सिरियाको राजधानी दमास्कस नजिकैको पूर्वी घोउटा क्षेत्र कब्जामा लिएका छन । र ती समुहहरूले दमास्कसका आवसीय र घना बस्ती रहेका क्षेत्रमा गोलाबारी गर्दै आएका छन् ।

सिरिया सरकारले पूर्वी घोउटा क्षेत्रबाट सर्वसाधारण नागरिकलाई सुरक्षित स्थानमा लैजान गरेको आह्वान उग्रवादी विद्रोहीले नमानी अहिले त्यहा सरकारी सेनाको आक्रमणबाट बच्नका लागि सर्वसाधारणलाई मानव ढालका रुपमा प्रयोग गरिरहेका छन् ।

पछिल्लो समय तीनै विद्रोहीलाई परास्त गर्न सिरियाली सेनाले पूर्वी घोउटा क्षेत्रमा आक्रमण सुरु गरेको छ । त्यही आक्रमणमा विद्रोहीले मानव ढालका रुपमा प्रयोग गरेका बालबालिका र सर्वसाधारणको ज्यान गएको सिरियाली युद्धको अनुगमन गर्ने संगठनहरु बताउँछन् । फेरी अमेरिकाले अहिले पूर्वी घोउटा क्षेत्रमा कुनै सैनिक कारवाही गरिरहेको छैन ।

साँच्चै भन्दा पूर्वी सिरियाको युफ्रातेज नदीभन्दा पूर्वतर्फ मात्रै अमेरिकी सेनाको उपस्थिती छ । युफ्रातेज नदी भन्दा पश्चिमतर्फ अमेरिकी सेनाले कारवाही गर्दैन । यसअनुसार अमेरिकामाथि बालबालिकाको त्यस्तो अवस्थाको दोष दिनु आफैमा अज्ञानता भएको प्रष्टिन्छ । अनि सिरियाका बालबालिकालाई समर्थन गर्न भन्दै केहीले फेसबुकको प्रोफाइलमा आतंकवादी संगठन अल कायदा र अरु त्यस्तै किसिमका उग्रवादी विद्रोहीको झण्डा समेत राखेको पाइएको छ । जुन निकै दुर्भाग्य हो ।

अनि अर्कोतर्फ सामाजिक सञ्जालमा हालिएका भिडियो र फोटो पनि सिरियाकै नभई अरु अरु द्वन्द्वग्रस्तहरु प्यालेस्टाइनको गाजाक्षेत्रमा इजरायली सेनाले गरेको हवाई आक्रमण र यमनमा साउदी अरबले गरेको हवाई आक्रमणका समेत रहेको देखिएको छ । केही सिरियाकै भएपनि गत वर्ष अलेप्पोमा सरकारी सेनाले गरेको कारवाहीका अतिरिक्त गत बर्षभन्दा पनि अघिका पुराना फोटोहरु सामाजिक सञ्जालमा देखिएका छन् ।

फेरी त्यस्ता फोटाहरु सार्वजनिक गर्ने काम सिरियाली विद्रोहीका मतियार मानिने ह्वाइट हेल्मेट नामक संस्थाले गर्दै आएको छ । ह्वाइट हेल्मेट भन्ने संस्थाले बालबालिकालाई मेकअप गराएर उनीहरुको अनुहार र शरिर बिगार्ने र अरु अभिनय गराउने गरेको समेत पाइएको छ । पटक पटक त्यस संगठनले बालबालिकालाई आफ्नो दुष्प्रचारको साधन बनाउँदै आएको छ ।

यस्तै घटनामा गत वर्षमात्रै अलेप्पो प्रान्तका ओमरान दकनिश नामक बालकलाई सिरियाली सेनाले गरेको आक्रमणमा घाइते भएको भनेर भिडियो सार्वजनिक गरेको थियो । पछि गएर त्यो भिडियो प्रोपागाण्डा मात्रै रहेको खुलासा भएको थियो । त्यसैले सिरियाका बालबालिकाका भाइरल फोटो र भिडियो हेरेकै भरमा सामाजिक सञ्जालमा अमेरिका, रुस वा सिरियाको पक्ष विपक्षमा देखिएको विभाजन आफैंमा अपूर्ण छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार