काठमाडौं । रुसमा विश्वकप फुटबलको महासंग्राम चलिरहँदा अनपेक्षित परिणाम सार्वजनिक भइरहेका छन् । उपाधिको दाबेदार मानिएकै राष्ट्रहरुको समुह चरणको प्रदर्शन निकै नै फितलो देखिएको छ । साविक विजेता जर्मनी समुह चरणबाट पार गर्न नै कठिन अवस्था सिर्जना हुँदै गएको देखिन्छ ।
सोमबार भएको खेलमा स्वीडेनले जित हात पारेसँगै जर्मनीलाई अघिल्लो चरण प्रवेशका लागि ठूलै संघर्ष गर्नुपर्ने स्थिति देखिएको हो । अब जर्मनीले आफ्ना दुई खेल जसरी पनि जित्नैपर्ने देखिन्छ । यदि बराबरी भएमा पनि उ समुहचरणबाटै बाहिरिने सम्भावना पनि देखिन्छ । आइतबार भएको खेलमा मेक्सिकोले जर्मनीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । पराजित विश्वविजेता जर्मनी र दक्षिण कोरिया भने पहिलो खेलबाट अंक विहीन बनेका छन् ।
त्यस्तै अर्को उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाको पनि फिलतो प्रदर्शन देखिएको छ । आइसल्याण्डविरुद्ध सहज जित हात पार्ने अनुमान भइरहँदा पहिलो खेलमै अर्जेन्टिनाले अंक बाढ्यो । तर, समुह चरण पार गर्न अर्जेन्टिनाका लागि त्यस्तो गाह्रो स्थिति नदेखिए पनि आमअपेक्षा भन्दा बाहिरको नतिजाले यो विश्वकपमा नव प्रवेशी टोलीको खेल उत्कृष्ट सावित भएको देखिँदै आएको छ । त्यसो त आइसल्याण्ड यही विश्वकपको डेब्यू टोली पनि हो । डेब्यु टोलीसँग नै अनपेक्षित नतिजा हात पार्नुले अर्जेन्टिनाको अभिष्य पनि सुरक्षित देखिँदैन ।
त्यस्तै अर्को उपाधिको दाबेदार मानिएको ब्राजिलको अवस्था पनि उस्तै नाजूक देखिन्छ । स्वीट्जरल्याण्ड विरुद्धको खेलमा सहज जित हात पार्ने अपेक्षा धेरैको भए पनि परिणाम ठिक उल्टो देखियो । आइतबार राति भएको खेलमा ब्राजिल र स्वीटजरल्याण्डले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । ब्राजिलले पनि अब समुह चरण पार गर्नका लागि कडा संघर्ष गर्नुपर्ने देखिन्छ । यो विश्वकपमा उपाधिका दाबेदार मानिएका दुई ठूला टोली पोर्चुगल र स्पेनले पनि बराबरी खेलका छन् ।
अर्को उपाधिको दाबेदार मानिएको फ्रान्सले भने सहज जित हात पारेको छ । उसका लागि छनोट चरण पार गर्नु कठिन देखिदैन । समुह चरणका बाँकी दुई खेलमा उसले सहज जित हासिल गर्ने अनुमान लगाउन सकिन्छ । यतिबेला रुसाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा विश्वकप फुटबलका खेलहरु भइरहेका छन् । खे
ल शुरु भएसँगै यो टिमले जित्ला, यसले गोल्डेन बुट पाउला, यस्तो प्रदर्शन साह्रै फितलो रह्यो लगायतका अड्कलबाजी काट्न थालिएका छन् । उपाधि जित्नका लागि विभिन्न समुहमा रहेका टोलीले आफ्नो भरपूर प्रयास गरिरहेका विश्वकमा छनोट भएका ३२ टिमले समुह चरणमा ४८ वटा खेल खेल्ने छन् । फाइनल खेलसम्म पूग्दा जम्माजम्मी ६४ वटा खेल हुनेछन् । १४ जुनबाट शुरुभएको खेल १५ जुलाईमा समापन हुनेछ ।
समुह चरणको पहिलो खेलमा नै शक्तिशाली मानिएका राष्ट्रहरुको फितलो प्रदर्शन गर्नु र डेब्यु राष्ट्रको शानदार प्रदर्शनले अनपेक्षित परिणाम नआउला भन्न पनि सकिँदैन । यस पटकको विश्वकपमा साविक विजेता जर्मनी, उपविजेता अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगल, फ्रान्स, पोल्याण्ड, स्वीडेन, उरुग्वे लगायतका ३२ टोली समावेश छन् ।
प्रत्येक समूहमा ४ टिम छन् । उनीहरुले प्रि–क्वाटर फाइनल पुग्न आफ्ना समुहका सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल, अर्जेन्टिना, बेल्जियम, पोर्चुगल, इंग्ल्यान्ड र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया