Wednesday July 2, 2025 | |

प्ले अफका लागि पन्जाब र कोलकत्तालाई जित्नै पर्ने दबाब

featured-news

२० बैशाख, एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ ।

शुक्रबार किङ्गस इलाभेन पन्जाब र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र कोलकत्ताबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।

चन्द्रीगढस्थित बिन्द्रा क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । प्ले अफमा स्थान बनाउन दुवैलाई जित बाहेक अन्य विकल्प छैन  । त्यसैले दुवै टोलीको लक्ष्य जित निकाल्नु मात्र रहेको छ ।

घरेलु टोली पन्जाब १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । कोलकत्तालाई पराजित गर्दै पन्जाब चौंथो स्थानको हैदरावादसंग अंक बराबरी गर्न चाहन्छ । चौंथो स्थानको हैदरावादले १३ खेलबाट १२ अंक जोडेको छ ।

यता, छैटौं स्थानको कोलकत्ता पनि पन्जाबलाई हराएर प्ले अफ सम्भावना कायम राख्न चाहन्छ  । कोलकत्ताको पनि १२ खेलबाट १० अंक रहेको छ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार