काठमाडौं । विश्वकप फुटबल अन्तर्गतको क्वाटरफाईनल खेलमा स्वीडेनलाई पराजित गर्दै इंग्ल्याण्ड २८ वर्षपछि सेमिफाइनल प्रवेश गरेको छ ।
समारा रंगशालामा भएको खेलमा २-० को फराकिलो जित निकाल्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफमा कर्नरबाट आएको बललाई ह्यारी मग्यौरीले हेडिङ गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-०को अग्रता बनाएको इंग्ल्याण्ड दोश्रो हाफमा पनि स्वीडेनमाथि भारी परेको थियो । खेलमा आफ्नो बर्चस्व बनाएको इंग्ल्याण्डका लागि दोश्रो हाफको ५८ औं मिनेटमा डेली एलीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस बाहेक पनि इंग्ल्याण्डले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न चुकेको थियो ।
९० मिनेटपछि थप गरिएको पाँच मिनेटको इन्ज्यूरी समयमा समेत कुनै गोल हुन सकेन र इंग्ल्याण्ड २-०ले विजयी हुन पुग्यो । १९९० पछि सेमिफाइनलको यात्रा तय गरेको इंग्ल्याण्ड यसपटकको विश्वकप उपाधिको दाबेदार मानिएको छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया