Wednesday October 15, 2025 | |

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम आठमा

featured-news
 
काठमाडाैं,  इन्ग्लिश क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ  । मंगलबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा एफसी पोर्टोसँग बराबरी खेलेपनि समग्रमा जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरी खेलेको हो । तर, समग्रमा लिभरपुलले पोर्टोमाथी समग्रमा ५ – ० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । लिभरपुलले पहिलो लेगमा पोर्टोलाई उसैको मैदानमा ५ – ० ले हराएको थियो ।
योसँगै लिभरपुल ९ बर्षपछि च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न सफल भएको छ । सन् २००९ को सिजनपछि लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलले सन् २०० ५ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार