आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका दक्षिण अफ्रिकासँग नौ विकेटले पराजित भएको छ । हारसँगै श्रीलंका विश्वकपबाट बाहिरिने सम्भावना प्रबल बनेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।
खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । त्यसपछि कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै इनिङ्स माथि उठाउने प्रयास गरेका थिए ।
फर्नान्डो ३० रन बनाएर आउट हुँदा टिमको स्कोर ७२ रन पुग्दा अर्का सेट ब्याट्सम्यान परेर पनि ३० रन नै बनाएर पेभेलियन फर्किए । यसैगरी धनञ्जय डी सिल्भाले २४ रन जोड्दा कुशल मेन्डिसले २३ रन बनाए ।
श्रीलंकालाई सस्तैमा रोक्न क्रिस मोरिस र ड्वेन प्रिटोरियसले समान तीन–तीन विकेट लिए । त्यस्तै कागिसो रबबडाले २ विकेट हात पारे ।
२०४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ३७ ओभर दुई बलमा एक विकेट गुमाउँदै लक्ष्य प्ररा गर्यो ।
३१ रनमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाको जितमा हसिम अमला र फाफ डुप्लिसिसले दोस्रो विकेटका लागि एक सय रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । उसका लागि हसिम अमलाले ८० रन बनाए भने डुप्लिसिसले ९२ रनको योगदान गरे ।
विश्वकपबाट बाहिरी सकेको दक्षिण अफ्रिकासँगको हारले श्रीलंकाको शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । अब उसलाई शीर्ष चारमा पुग्न आफ्ना सबै खेलमा जित निकाल्नुको साथै अरुको खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया