Sunday April 28, 2024 | |

ललिता निवास जग्गा प्रकरणः सात जना पक्राउ

featured-news

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० ले शाहलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको हो ।

सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको छ ।

यसअघि मंगलबार नै यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको थियो ।

मंगलबार पक्राउ पर्नेमा गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार