Wednesday November 26, 2025 | |

फ्रान्स, डेनमार्क र क्रोएशिया विजयी, अर्जेन्टिनालाई आइसल्याण्डमा रोक्यो

featured-news

आजका खेल
साँझ ५ः४५ कोष्टारिका सर्बिया, पाँचौ समूह
साँझ ८ः४५ जर्मनी र मेक्सिको, छटौं समूह
राति ११ः ४५ ब्राजिल र स्वीटजरल्याण्ड, पाँचौ समूह
काठमाडौं रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा समुह चरणका खेलहरु जारी छन् । प्रतियोगिता अन्तर्गत आइतबार तीन वटा खेल हुँदैछन् । आइतबार हुने पहिलो खेलमा साँझ ५ः४५ बजे कोष्टारिका र सर्बिया आमने सामने हुँदैछन् । त्यसैगरी साँझ ८ः४५ जर्मनी र मेक्सिकोबीच भिडन्त हुँदैछ भने राति ११ः ४५ ब्राजिल र स्वीटजरल्याण्ड भिड्नेछन् । आइतबार हुने तीन खेलमध्ये जर्मनी र मेक्सिको तथा ब्राजिल र स्वीटजरल्याण्डबीचको खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

ब्राजिल र जर्मनीलाई यो विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ । पाँच पटकको विश्व विजेता ब्राजिल छैटौं पटक उपाधि हत्याउने दाउमा देखिएको छ । उसले अन्तिम पटक सन २००२ को विश्वकप जितेको थियो । त्यसयता ब्राजिलले उपाधि जित्न सकेको छैन । ब्राजिलको टोलीमा नेइमार, सिल्भा लगायत युवा टोलीको मजबुद् टिम छ । त्यस्तै २० औं संस्करणको विजेता जर्मनीले पनि चार पटक विश्वकप जितिसकेको छ भने पाँचौं पटक उपाधि जितेर उपाधि दोहो¥याउने दाउमा देखिएको छ जर्मनी ।

अर्जेन्टिना र आइसल्याण्ड बराबरी
यसैबीच शनिबार भएको दोस्रो खेलमा नवप्रवेशी टोली आइसल्याण्डसँग अर्जेन्टिना पहिलो खेलमा बराबरीमा रोकिएको छ । निकै नै राम्रा अवसर पाउँदा पनि अर्जेन्टिनाले गोल गर्न सकेन । यता आइसल्याण्डका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिना र आइसल्यान्डको पहिलो हाफ १–१ को बराबरी खेले । खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् ।

पेनाल्टीमा चुके मेस्सी
विश्वकप फुटबलमा आइसल्याण्डसँग खेलिरहेको अर्जेण्टिनाका कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न चुके । खेलको ६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेण्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए । उनको फितलो प्रहार आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए ।

फ्रान्सको विजयी शुरुवात
समूह ‘सी’को पहिलो खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २–१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे ।

एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिएको थियो । आफैले जितेको पेनाल्टीमा ग्रिजम्यानले गोल परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

तर त्यसको ५ मिनेट नबित्दै सामुयल उम्टिटीको ह्यान्ड बलमा अष्ट्रेलियाले पेनाल्टी पायो र कप्तान मिले जेडिनामले सो परिणत गर्दै खेल बराबर पारे । यसैगरी खेलको ८० औं मिनेटमा पल पोग्बाले प्रहार गरेको बल क्रसबारमा लाग्दै गोल–लाइन भित्र पसेर बाहिर निस्किंदा फेरि भिएआरको प्रयोग गरिंदै गोल दिइएको थियो । यस जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल भएको छ ।

डनेमार्कसँग पेरु पराजित
यस्तै समुह सि मा रहेको डेनमार्कले पनि पेरुलाई १ ० ले हराउदै विजयी सुरुवात गरेको छ । मोर्डोभिया एरिना रंगशालामा डेनमार्कलाई जित दिलाउन युसुफ पुल्सेनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा युसुफले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा पेरु पराजित भएको हो । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा पेरुका क्रिस्टियन क्युएभाले गोल गर्न सकेनन् । भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा पाएको पेनाल्टीमा क्युएभाको प्रहार गोलपोस्टभन्दा निकै माथि आकासियो ।

क्रोएसियाको विजयी शुरुवात
यस्तै ग्रुप डि अन्र्तगत नै भएको खेलमा क्रोएसियाले नाईजेरियालाई २–० गोलअन्तरले पराजीत गर्दे विश्वकपमा पहिलो जित दर्ता गरेको छ । क्रोएसियाका ओजेनकारो एटेवोले खेलको ३२ औ मिनेटमा गोल गर्दे टिमलाई अग्रता दिलाए । यस्तै खेलको ७१ मिनेटमा लुका मोड्रिकले गोल गर्दै २–० को अन्तरमा पु¥याए ।

विश्वकप प्रतियोगिता जुलाई १५ तारिखसम्म चल्ने छ । विश्वकप शुरु भएसँगै दर्शकले विभिन्न अड्कलबाजी लगाउन थालेका छन् । यस पटकको विश्वकपमा साविक विजेता जर्मनी, उपविजेता अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगल, फ्रान्स, पोल्याण्ड, स्वीडेन, उरुग्वे लगायतका ३२ टोली समावेश छन् । प्रत्येक समूहमा ४ टिम छन् । उनीहरुले प्रि–क्वाटर फाइनल पुग्न आफ्ना समुहका सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा आयोजक रुस, उरुग्वे, इजिप्ट र साउदी अरेबीया समावेश छन् । समुह ‘बी’ समूह बीमा स्पेन, पोर्चुगल, मोरोक्को र स्पेन समावेश छन् । समुह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क समावेश छन् । समुह ‘डी’मा साविक उपविजेता अर्जेन्टिना, क्रोयसिया, आइसल्याण्ड र नाइजेरिया समावेश छन् । समूह ‘इ’ पाँच पटकको विश्वकप विजेता ब्राजिल, स्वीजरल्याण्ड, कोस्टारिका र सर्विया छन् । यसैगरी, समुह ‘एफ’मा जर्मनी, मेक्सीको, स्वीडेन र दक्षिण कोरिया समावेश छन् । त्यसैगरी समूह ‘जी’ मा इंगल्याण्ड, बेज्लियम, पनामा र ट्यूनिशिया समावेश छन् । र समुह ‘एच’मा पोल्याण्ड, कोलम्बिया, जापान र सिनेगल समावेश छन् ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ । यही विश्वकपदेखि आइसल्याण्ड र पानामाले डेब्यु गरेका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार