Friday March 14, 2025 | |

अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई हरायो

featured-news

१५ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा वेष्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको हो । ४२२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा ३३० रन बनाएको थियो । 

न्युजिलयन्डका लागि टोम ब्लुन्डलले शतक प्रहार गर्दै १०६ रन बनाए । उनले ८९ बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान केन विलियम्सनले ८५ रन बनाउँदा इस सोधीले ३९ रन बनाए । बलिङतर्फ कार्लोस ब्रथवइटले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर सकिन ४ बल बाँकी छदा सबै विकेटको क्षतिमा ४२१ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि शाइ होपले १०१ रन बनाउँदा एन्ड्रे रुसेलले ५४, इभिन लुविसले ५० र क्रिस गेलले ३६ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्टले चार विकेट लिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार