Friday April 26, 2024 | |

अमेरिकी महिला खेलाडीको ‘इक्वायल पे’ को मुद्दा अदालतद्वारा खारेज

featured-news

काठमाडौं– संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महिला खेलाडीको समान तलब (इक्वायल पे) को मुद्दालाई अदालतले खारेज गरिदिएको छ ।

राष्ट्रिय टोलीका महिला खेलाडीले पुरुष खेलाडी सरह महिला खेलाडीले पनि तलब पाउनु पर्ने माग गर्दै अदालत पुगेका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका हुन् ।

२८ जना खेलाडीले गएको वर्ष अगस्टमा युएस सोकर फेडेरेसन (युएसएसएफ) लाई विपक्षी बनाउँदै अदालतमा रिट दायर गरेका थिए ।

खेलाडीहरुले समान तलब नहुँदा आफुहरुलाई ६६ मिलियन अमेरिकी डलर घाटा भएको भन्दै उक्त रकमको दाबी सहित मुद्दा दर्ता गरेका थिए ।

अदालतले मुद्दा अस्वीकार गरे पनि आफुहरु पछि नहट्ने खेलाडीकी प्रवक्ता मोली लेभिन्सनले बताएकी छन् ।

‘अदालतको यो कदमले हामीलाई आश्चर्य र निरुत्साहित पारेको छ,’ लेभिन्सनले भनिन्, ‘हाम्रो मेहनतका लागि समान तलबका लागि हामी यतिकै पछि हट्दैनौं ।’

लिङ्गका आधारमा पारिश्रमिक तोकिनु दुखद् भएको उनको दाबी छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार