Sunday April 28, 2024 | |

सक्रिय बन्दै मनसुनः कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा

featured-news

काठमाडौं । मनसुनी प्रणालीको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार कोशी, बागमती र गण्डकीका केही स्थान तथा बाँकी पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

नेपालमा औसत समयभन्दा एक दिन ढिला गरी हिजो ९बुधबार० मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणाली आगमन भएको जनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार