८ जेठ, काठमाडौं । वेष्ट इन्डिजको चर्चित फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ ।
सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो । नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीपीएलले विश्वभरिका राष्ट्रबाट ५३६ खेलाडीलाई ड्राफ्टमा समावेश गरेको छ ।
योपटकको ड्राफ्टमा नेपालका चार जना युवा खेलाडी पनि समावेश छन् । ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन् । युवा खेलाडीको विश्वचर्चित आफ्नो पहिचान बनाएका सन्दीप ड्राफ्टबाट क्लबमा अनुबन्धित हुने निश्चित जस्तै छ । उनले गत संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए ।
आफ्नो डेब्यु प्रतियोगितामै सफल बनेका सन्दीपले पाँच खेलबाट ७ विकेट लिएका थिए । सन्दीपमाथि आज ड्राफ्टमा सबै टिमको नजर हुनेछन् । विश्वका सबै लिग खेलिसकेका सन्दीपलाई यो पटक कुन क्लबले लिन्छ ? त्यो भने ड्राफ्टबाटै थाहा हुनेछ ।
नेपालका लागि अन्य तीन युवा खेलाडीले रोचकता दिएको छ । विश्व फ्रेन्चाइज लिगमा सन्दीपसँगै अन्य नेपाली खेलाडीको यात्रा सुरु होला ? सोमपाल, दीपेन्द्र र रोहितकुमारले सीपीएलबाट अन्तर्राष्ट्रिय क्लब यात्रा सुरु गर्लान् ?
कुनै क्लबले यी युवा खेलाडीमध्ये कुनै एक खेलाडीले खेलमा नेपालको लागि त्यो अर्को छलाङ हुनेछ । त्यसो त, दीपेन्द्र, सोमपाल र रोहितकुमार पौडेल प्रतिभावान खेलाडी हुन् । यी तीनै खेलाडी अलराउण्डर हुन् ।
दीपेन्द्र मध्यपंक्तिमा ब्याटिङ गर्न आउँछन् भने उनी स्पीनर हुन् । तीव्रगतिका बलर सोमपाल कामी जो विश्व रेकर्डर हुन् । उनको रेकर्ड अहिलेसम्म तोड्न सकिएको छैन । उनले हङकङविरुद्धको टी–२० क्रिकेट खेलमा १०औं नम्बरमा ब्याटिङ गर्न आएर ४० रन बनाएका थिए ।
यता रोहित कुमार पौडेल पनि विश्व रेकर्डधारी खेलाडी हुन् । उनले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा विश्व रेकर्ड राख्न सफल भएका थिए । उनले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड राखेका थिए ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया