विश्वको सर्वाधिक सफल र चर्चित क्रिकेट लिग आईपीएल आइतबार सकिएको छ । आईपीएलको उपाधि मुम्मई इण्डियन्सले जितेको छ । सन् २००८ देखि सुरु भएको टी–२० प्रतियोगिताको सबैभन्दा सफल टिमको रुपमा मुम्बईले चार पटक र चेन्नाईले ३ पटक उपाधि जितेका छन् ।
यस सिजनमा पनि खेलाडी खरिदमा टिमहरुले धेरै नै रकम खर्च गरेका थिए । भर्खरै सम्पन्न आईपीएलमा धेरै रकम खर्च गरे पनि केही खेलाडीको प्रदर्शनले टिमलाई भने निराश नै बनाएको छ ।
प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा जसप्रीत बुमराह र कागिसो रबाडा बाहेक अरु कुनै पनि खेलाडीको मूल्य १ करोड भन्दा माथि थिएन । एक करोडमा रिटेन गरिएका चेन्नईका इमरान ताहिरले सर्वाधिक २६ विकेट लिएर पर्पल क्याप समेत हात पारे ।
राजस्थान रोयल्सले जयदेव उनादकटलाई ८ करोड ४० लाखमा खरिद गरेको थियो । उनी वरुण चक्रवर्तीका साथ सर्वाधिक रकममा बिक्री हुने खेलाडी बनेका थिए । जयदेवले ११ खेलमा खेल्दा ३०.८० को औसतले जम्मा १० विकेट लिए । उनले एक विकेट बराबर ४० रन खर्चिए ।
वरुणलाई अलराउण्डरको रुप्मा किंग्स इलावेन पञ्जाबले ८ करोड ४० लाखमा लिएको थियो । तर उनलाई पञ्जाबले एउटा मात्रै खेलमा प्लेयङि सेटमा उतारेको थियो । उनले यो खेलमा सबैलाई निराश बनाए । ३५ रन दिएर एक विकेट लिए भने रन भने बनाउन सकेनन् । उनको उक्त प्रदर्शन पछि बाँकी कुनै पनि खेलमा मौका पाएनन् ।
आईपीएलमा सबैभन्दा बढी विकेट लिने मामिलामा कगिसो राबडा दोस्रो नम्बरमा छन् । उनले १२ खेलबाट २५ विकेट लिए । उनलाई दिल्ली क्यापिटल्सले ४ करोड २० लाखमा किनेको थियो । उनले दिल्लीका लागि भने न्याय गरे ।
चेन्नईले दीपक चहरलाई २०१८ मा ८० लाख रुपैयाँमा किनेको थियो । सोही मूल्यमा यस सिजनमा पनि चहरलाई रिटेन गर्यो । दीपकले १७ खेलमा २२ विकेट लिँदै तालिकाको तेस्रो स्थानमा राखे ।
राजस्थान रोयल्सले श्रेयस गोपालाई २० लाख मूल्यमै रिटेन गरेको थियो । उनले १४ खेलमा २० विकेट लिए भने ६३ रनको योगदान समेत गरे ।
फाइनल खेलका प्लेयर अफ दी म्याच बनेका जसप्रीत बुमराहलाई मुम्बईले ७ करोड रुपैयाँमा रिटेन गरेको थियो । उनले आफ्नो मूल्यको भने न्याय गरेका छन् । उनले १६ खेलमा १९ विकेट लिए ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया