Wednesday October 15, 2025 | |

विश्वकप : सेमिफाइनल प्रवेशका लागि स्विडेन र इंग्ल्यान्ड तथा रुस र क्रोएसिया भिड्दै

featured-news

काठमाडौं, २३ असार– रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आज (शनिबार) क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।

फ्रान्स र बेल्जियमले शुक्रबार राति भएको खेलबाट सेमिफाइनलको टिकट पक्का गरिसकेका छन् भने बाँकी दुई टोलीको आज टुंगो लाग्ने छ । 

आज हुने पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ मा शुरु हुनेछ । 

समारा रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य सेमिफाइनलमा पुग्नु हुने छ । प्रि–क्वाटरफाइनलमा स्विडेनले स्विजरल्याण्ड तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएर अन्तिम आठको यात्रा पक्का गरेका हुन् ।

आज नै हुने अन्तिम क्वाटर फाइनलमा आयोजक रुस क्रोएसियासँग भिड्दै छ । रुस र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राती ११ः४५ बजे शुरु हुनेछ ।

फिष्ट ओलम्पिक स्टेडियममा हुने खेलमा दुवै टोली अन्तिम चारमा पुग्ने योजनासहित मैदान उत्रने छन् । प्रतियोगिताको अन्तिम १६ मा आयोजक रुसले स्पेनलाई हराउदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

यस्तै क्रोएसियाले डेनमार्कलाई हराएर रुससंगको भेट पक्का गरेको हो । दुवै टोली पेनाल्टी सुटआउटमा सफल भएका थिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार