Thursday March 28, 2024 | |

टी-२० क्रिकेट: जसकाे डेब्यू खेल नै अन्तिम बन्याे

featured-news

टी-२० क्रिकेट आफैँमा रोमाञ्चक हुन्छ । छोटो फर्म्याटको क्रिकेट भएकाले यसमा रनको वर्षा पनि हुन्छ । 

थोरै समयमा धेरै मनोरञ्जन पनि हुने भएकाले ५० ओभरको क्रिकेट भन्दा २० ओभरको क्रिकेट फलो गर्नेहरुको संख्या पनि बढ्दो छ । 

टी-२० विश्वकप सन् २००७ मा पहिलो पटक आयोजना गरिएको थियो । भारतले पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० दक्षिण अफ्रिकाविरुद्ध सन् २००६ मा खेलेको थियो भने त्यसयता लगातार टी-२० खेल्दै पनि आएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । 

त्यस खेलमा दिनेश कार्तिकले अविजित ३१ रन बनाएका थिए भने महेन्द्रसिंह धोनी शून्य रनमै पेभेलियन फर्किएका थिए । अहिलेसम्म भारतीय टिमले ११५ वटा टी-२० खेलेकोमा ७१ वटामा जित हात पारेको छ । ४१ खेलमा पराजित हुँदा ३ खेलमा भने निर्णय आएन । 

आज हामी भारतका तीन खेलाडी जसको डेब्यू टी-२० नै अन्तिम टी-२० बन्यो, यस बारेमा चर्चा गर्न गैरहेका छौँ–  

१. दिनेश मोंगिया

दक्षिण अफ्रिकाविरुद्ध भारतको पहिलो टी-२० मा दिनेश मोंगियाले डेब्यू गरेका थिए । त्यो खेलमा उनले ४५ बलमा ३८ रन जोडेका थिए । उनी चाल्स लेंगवेल्टको बलमा क्याच आउट भएर पेभेलियन फर्किए । त्यसपछि उनी कहिल्यै टी-२० खेल्न मैदान प्रवेश गरेनन् । 

बरु उनी विवादित टी-२० लिग अर्थात् इन्डियन क्रिकेट लिगमा आबद्ध भएका थिए । जसका कारण उनले आईपीएल पनि खेल्न पाएनन् । उनको डेब्यू टी-२० नै अन्तिम टी-२० भयो ।

२. राहुल द्रविड

भारतीय क्रिकेट टिमका भरपर्दा ब्याट्सम्यान हुन्, राहुल द्रविड । उनी भारतीय टिमको कप्तान पनि भएका थिए । ३१ अगस्ट २०११ मा इंग्ल्याण्डविरुद्ध टी-२० मा डेब्यू गरेका द्रविडले २१ बलमा ३१ रन बनाएका थिए । जसमा उनले समित पटेलको बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । 

तर त्यो खेलमा भारत ६ विकेटले पराजित भएको थियो । त्यही डेब्यू खेल नै द्रविडका लागि अन्तिम अन्तर्राष्ट्रिय टी-२० खेल बन्यो । 
 
३. सचिन तेन्दुलकर

विश्वकै सर्वाेत्कृष्ट तथा मास्टर बलास्टर सचिन तेन्दुलकरले पनि एउटा मात्रै टी-२० क्रिकेट खेलेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध भएको भारतको पहिलो टी-२० खेलेका थिए । त्यस खेलमा उनले १२ बलमा दश रन बनाएका थिए भने २ दशमलव ३ ओभर बलिङ गर्दा एक विकेट हात पारेका थिए । 

त्यसपछि सचिन पनि कहिल्यै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा फर्किएनन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार