Wednesday October 15, 2025 | |

श्रीलंकाद्वारा भारत पराजित

featured-news
 
काठमाडौं, २३ फागुन । घरेलु टोली श्रीलंकाले तीन राष्ट्रबिचको ट्राइ सिरिज टि – ट्वान्टी क्रिकेट अन्तर्गतको निदाहस ट्रफीमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा भारतलाई ५ विकेटले हराउदै श्रीलंकाले विजयी सुरुवात गरेको हो ।
कोलम्बोमा भारतले दिएको १७५ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल परेराले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै थिसरा परेराले अविजित २२ रन जोड्दा धनुस्का गुणाथिलाकाले १९ तथा उपुल थरंगाले १७ रन बनाए । श्रीलंकाका कप्तान दिनेश चण्डीमालले १४  रन बनाए भने डासुन शनकाले अविजित १५ रन जोडे । भारतका वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले समान २– २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । भारतको लागि शिखर धवनले ९० रन जोडेका थिए । त्यस्तै मनिस पाण्डेले ३७, रिशाब पन्तले २३ तथा दिनेश कार्तिकले अविजित १३ रन जोडे । श्रीलंकाका दुशमान्था चामेराले २ विकेट लिए ।
यो जितसँगै भारत र बंगलादेश सम्मलित सिरिजमा श्रीलंकाले २ अंक जोडेको छ  । सिरिज अन्तर्गत बुधबार भारतले बंगलादेशसँग खेल्ने छ । लिग खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार