Wednesday April 24, 2024 | |

लतिलपुरमा बार्षीक ५० करोड बराबरको विद्युत चोरी

featured-news

काठमाडौं । हुक गरेर विद्युत चोरी, सुन्दा सामान्य लाग्न सक्छ । तर, ललितपुरमा मात्र बार्षीक ५० करोड रुपैयाँ बराबरको विद्युत चोरी हुने गरेको तथ्य उजागर भएको छ । यतिसम्म की नेपाल विद्युत् प्राधिकरण ललितपुरका अनुसार ललितपुरमा एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको छ । नेपाल विद्युत प्राधिकरण अनुसार, विनाशकारी भुकम्पका कारण भत्किएका संरचना र निजि आवासमा विद्युत् सेवा जडान गरिरहेका धेरै भुकम्प पीडितले अझै पनि मिटर जडान गरेका छैनन् ।

मिटर जडान गरेकाहरु पनि कयौंले भने चोर बाटो बाट विद्युत् प्रयोग गरिरहेका छन् । यो समस्या ग्रामीण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा समेत देखिएको छ । काठमाडौ उपत्यकामा बढ्दो अव्यवस्थीत शहरीकरण र विद्युतीकरणका कारण गैरकानुनी रुपमा विद्युत शक्ति चोर्ने र सेवा दुरुपयोग गर्ने प्रवृत्ति बढेको हो । शहरी क्षेत्रमा अत्याधीक प्रयोग हुन थालेको विद्युतीय उपकरण सञ्चालनका लागि धेरैजसो ग्राहकले विजुली चोरेको प्राधीकरणले भेट्टाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, यसबाट विद्युत् प्राधिकरणले बार्षिक ५० करोड भन्दा बढी नोक्सानी व्यहोरीरहेको छ ।
विद्युत चुहावट नियन्त्रणका लागि एक वर्षयता विशेष अभियान चलाई रहेको प्राधिकरणले चुहावट २४ प्रतिशतबाट घटाएर ६ प्रतिशतको हाराहारीमा झारेको छ । अहिले पनि अटेर गरेर जथाभावी विद्युत् चोरी र चुहावटमा संलग्नलाई कारवाहि गर्ने र त्यस क्षेत्रमा पुरै विद्युत् सेवा नै बन्द गर्नेसम्मको चेतावनी प्राधिकरणले दिएको छ । प्रसारण लाईनबाट मिटरसम्म जडान भएको बिजुलीको तार, मिटर बक्स तथा सिधै पोलमा तार जोडेर अहिले पनि संगठित रुपमा विजुली चोरि भइरहेको प्राधिकरणले जनाएको छ ।
कहाँ कहाँ हुन्छ विद्युत चोरी ?
प्राधिकरणका अनुसार, ललितपुरको भित्री सहरी क्षेत्र च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे लगाएतका भित्रि बस्तिमा अत्याधीक चुहावट भइरहेको छ । ललितपुरको वितरण प्रणालीमा मात्र विद्युत ५५ प्रतिशत भन्दा बढी ग्राहक चोरीको बिजुली बाल्छन् । गोदावरीतर्फको वितरण प्रणालीमा पनि यस्तै कहालीलाग्दो समस्या छ । हरिसिद्धि, ठैव, बााडेगााउ, लुभुबजार, लाकुारी भन्ज्याङ क्षेत्रमा यो समस्या अत्याधीक देखिएको छ ।
विद्युत चोरलाई राजनीतिक संरक्षण
प्राधिकरण स्रोतका अनुसार, अहिले विद्युत चोरी विरुद्धको अभियान रोक्न प्राधिकरणलाई राजनीतिक दवाब आउन थालेको छ । विद्युतको महशुल नबुझाउनेको भटाभट लाईन काट्न थाले सँगै राजनीतिक दबाब आउन थालेको हो । संगठीत रुपमा टोल नै मिलेर विद्युत चोरी गरेकाले नियन्त्रणमा समस्या बढेको प्रािधरकणको भनाई छ । जे भएपनि विद्युत चोरी नियन्त्रणका लागि थप सक्रियता आवश्यक देखिन्छ । एकपटक अभियमान चलाउने अनि विचैमा छाड्ने परिपाटी अन्त भएको खण्डमा चोरी नियन्त्रण हुँदै जाने पक्का छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार