Friday March 29, 2024 | |

राजधानीमै राज्यलाई ठग्दै घरवेटीहरु, घरभाडा करमा अरवौं घोटाला

featured-news

काठमाडौं । केन्द्रीय तथ्यांक विभागको तथ्याङ्क अनुसार अहिले काठमाडौं महानगरपालिकामा भित्र २ लाख ५० हजार घरधनी छन् । तर, अधिकांश घरधनिहरुले करबापत राज्यलाई बुझाउन पर्ने राजश्व बुझाएका छैनन् । त्यसो त काठमाडौंमा वहाल बस्नेहरुले भने महिनावारी र सम्झौता अनुसार घरवेटीलाई घरभाडा बुझाइरहेकै हुन्छन् । घरधनिहरुले भने बहालमा बस्ने सँग पैसा लिएपनि राजस्व भने छलेका छन् । आर्थिक वर्ष २०७३/७४ मा ठूला व्यवसायिक कम्पनीसहित १९ हजार घरधनीले मात्र बहाल कर बुझाएका छन् ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १३७ ले नगरपालिकाभित्रका घर, पसल, टहरा, कारखाना र पोखरी भाडामा लगाउँदा दुई प्रतिशत बहाल कर तिर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै भाडाको १० प्रतिशत रकम आन्तरिक राजस्व विभागलाई तिर्नुपर्ने व्यवस्था गरेको छ । उपत्यकाको घरबहाल कर संकलनको जिम्मेवारी स्थानिय स्वायत्त शासन ऐन अनुसार काठमाडौ महानगरपालीकाको हो । तर आन्तरिक राजस्व विभागले समेत क्षेत्राधिकार बाहिर गएर विशिष्ट व्यक्ति तथा फर्मसंग घर बहाल कर लिइरहेको छ । काठमाडौं महानगरपालीकाको कार्यालयका राजस्व विभाग प्रमुख राज्य प्रसाद प्रधानांग भन्छन् – यसकारण कोहि घरधनी घर बहाल करको दायरा मै आएका छैनन् भने कर तिर्नेहरुले दोहोरो कर तिरिरहेका छन् ।
घर भाडामा लगाउनु पुर्व घरधनी र बहालवाला बीच मौखिक समझदारीमा कारोवार हुने हुँदा यो शिर्षकमा कर चुहावट पनि अत्याधिक भइरहेको छ । महानगरपालीका बाट खटिने कर संकलक अधिकारीलाई स्थानीयले बुझाउने सम्पत्ति विवरण समेत वास्तविक नहुने हुंदा घर वहाल कर संकलनमा समस्या परेको हो । तर पनि घर धनिलाई कानुनी दायरामा ल्याउने कानुनको समेत अभाव छ । काठमाडौ उपत्यकामा कति घरधनी छन र तिनको वास्तबीक सम्पत्ति र वहालमा लागेको सम्पत्ति के कस्तो हो भन्ने विवरण कतै पनि छैन । व्यवहारत: यो यकीन आंकडा संकलन गर्ने काम महानगरपालीका कै हो । तर महानगरपालीकाका अधिकारीहरु भन्छन्, स्थानिय सरकार गठनपछि पनि राजस्व विभागले कर उठाउन नछाड्दा समस्या परिरहेको छ । महानगरपालीकाले घर बहाल दर नतोकेको र वास्तविक करदाताको पहिचान नगरेको अवस्थामा घर र उठ्नुपर्ने राजस्वको यकिन हिसाब महानगरले समेत राखेको छैन । त्यसैले काठमाडौं महानगरपालिकाबाट घरघरमा खटिने अधिकारीले न आयको विवरण संकलन गरेका छन् न बहाल कार संकलन नै प्रभावकारी बनेको छ ।
यसरी छलिन्छ घरवहाल कर ?
भाडामा लगाएका घरधनीले कर छल्न केहि घरधनीहरुले त भाडामा बसेकालाई पनि छोराछोरी बनाउने गरेको महानगरपालिकाको दावी छ । अनि, महानगरपालीकाले वास्ता नगर्दा कतिपय घरधनीलाई कर बुझाउनुपर्छ भनेर सम्म थाहा छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार