Saturday April 27, 2024 | |

पोखरामा प्रहरीकै दादागिरी

काठमाडौं, प्रहरीको जिम्मेवारी शान्तिसुरक्षा कायम गर्ने हो । कुनै पनि बस्तिमा प्रहरी छ भनेपछि त्यहाँका नागरिक ढुक्कसँग काम गरेर खान सक्ने अबस्था हुनुपर्छ । तर पोखरामा यसको विपरित एक जना प्रहरी नायव उपरिक्षक (डिएसपीको) व्यवहारबाट नागरिक आजित भएका छन् ।
रंगिन दुनियाको व्यवसाय समेत संचालन गर्ने डिएसपी रवीन्द्र गुरुङ पोखरामा आर्थिक उपार्जनमका लागि सबै किसिमका बितण्डा मच्चाउन थालेपछि स्थानीय नागरिक तथा व्यवसायीहरु आजित बनेका हुन् ।
स्थानीय नागरिक मात्र हैन उनकै हाकिम समेत यिनी नमस्ते टोलीका हुन् भन्दै प्रयोग गरेर उनले आफ्ना गतिविधिलाई विस्तार गरिरहेका छन् ।
डिएसपी गुरुङको सम्बन्ध होटल, रेष्टुरेन्टदेखी डनहरुसँग पनि उत्तिकै छ । पोखराका चर्चित डनहरुले आफुले जे भन्यो त्यही मान्ने भन्दै सानातिनालाई तर्साउने गरेको उनको कहानी निकै लामो र रोचक छ ।
प्रहरी सेवामा प्रवेशसँगै लामो समय पोखरामै बसेर सम्पती जोहो गर्न सफल भएका डिएसपी रविन्द्र गुरुङले कास्की प्रहरी प्रमुख अर्थात एसपी ओम रानालाई उ नमस्ते टोलीबाट नेपाल प्रहरीमा आएको भन्दै नेताहरुकोमा खबर पुर्याउने र आफु राम्रो बन्ने गरेको श्रोतको दावी छ ।
पछिल्लो समय डिएसपी रवीन्द्र गुरुङको गतिविधि देखेर एसपी राना समेत अचम्मा परेका छन् । आफुलाई कुनै पनि शक्तिले छुन नसक्ने भन्दै हिँडिरहेका डिएसपी गुरुङका कारण कतिपय गुण्डाको गतिबिधि नियन्त्रणको सट्टा बढिरहेको स्थानीयको आरोप छ ।
डिएसपी गुरुङको व्यवहार रवाफले पोखराका लेकसाइडका रेष्टुरेन्ट, होटल ब्यावसायी र ठुला ब्यापारीहरु निकै तनाबमा परेका छन् ।
डिएसपी रविन्द्र गुरुङ इनिस्पेक्टर हुँदा रामबजार, जिप्रका पोखरा, लागु औषध कास्की हुँदै पर्यटकीय नगरी पोखरा छाड्नु परेन । डिएसपीमा बढुवा भएपछि पनि पोखरामा रमाईरहेका नी अहिले त पोखरा मेरै कव्जामा छ भनेजस्तो व्यवहार देखाउ थालेका छन् ।
अहिले नेकपाका नेता देव गुरुङ र गण्डकी प्रदेशका मुख्य मन्त्री पृश्वीसुब्बा गुरुङको आशिर्वाद आफुमाथी रहेकोले अब चाँडै लमजुङ जिल्ला प्रमुख भएर काम गर्न लागेको भन्दै घमण्ड बढाईरहेका डिएसपीको मुख्य हिमचिम पोखराका चर्चित गुण्डा गुप्ते भनिने विशाल लामासँग छ ।
मिटर ब्याजीका चर्चित मान्छेहरुसँग पनि उत्तिकै सम्बन्ध जोडिएका डिएसपी गुरुङबाट पिडित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बताए । प्राय लेनदेन मुद्दामा चासोका साथ प्रस्तुत हुने उनको बानीलाई साथ दिने गुप्ते, विजय गुरुङ, मनीष श्रेष्ठ लगायतको समुह नै छ ।
लेक साइटको रेष्टुरेन्टमा राती अबेरसम्म बसेर आर्थिक संकलन गरेको भन्दै प्रहरीहरुले नै उनलाई आरोप लगाएका छन् । रातो घर भनेर चिनिने पोखराको लेक साइटमा उनको रेष्टुरेष्ट समेत छ । अरु रेष्टुरेन्ट ११ बजे बन्द हुन्छन् । उनको रेष्टुरेन्ट दुई,तीन बजे सम्म चल्छ । तर, अहिले भने सो रेष्टुरेन्ट र दोहोरी डान्समा धेरै डान्सर केटीहरु ल्याएर हल्ला भयो भनेर स्थानीयहरुले चर्को विरोध गरेपछि बन्द भएको छ । लेक साइटका रेष्टुरेन्ट र दोहोरी डान्सबारमा दुईथरी ब्यवहार भएपछि हल्लीखल्ली भएको हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार