Thursday April 25, 2024 | |

ड्रग्स जस्तै घातक बन्दै स्मार्टफोन, स्कुले बालबालीकामा बढ्दो असर

featured-news

काठमाडौं । के तपाईंको बालबच्चा सँधैजसो स्मार्टफोनमै झुम्मीरहन्छन् ? अथवा स्मार्टफोनका लागि झगडा गरिरहन्छन् ? यदी त्यसो हो भने साबधान ! यसले तपाईंको बच्चालाई नमज्जाले असर गरिरहेको हुन्छ ।
यस्तो छ असर
सन् २०११ देखि २०१५ सम्म ५ महिना देखि २ बर्षसम्मका बालबालिकामा गरिएको अध्ययन अनुसार, स्मार्टफोन, ट्याव वा अन्य उपकरणमा व्यस्त रहने बालबालिकाको बोल्न सक्ने क्षमता बिकास हुन लामो समय लाग्नेछ । बेलायतको सञ्चार माध्यम इन्डिपेन्डेन्टले विश्वका टप एडिक्सन एक्सपर्टलाई उदृत गर्दै लेखेको छ – बच्चाहरुलाई स्मार्टफोन चलाउन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनुजस्तै हो । बच्चाहरुलाई स्मार्टफोन कोकिन भन्दा खतरनाक हुन्छ । अझ खतरनाक कुरा त के भने यस विषयमा अनुसन्धान गरेका अधिकांश चिकित्सकहरुले स्मार्टफोनले बच्चाहरुको भविष्य नष्ट गर्छ भन्ने निष्कर्ष निकालेका छन् ।
अध्ययन अनुसार, अहिले १३ वर्ष भन्दा मुनिका बच्चाहरु धेरै डिजिटल टेक्नोलोजीसँग नजिक भएका छन् । जसले गर्दा उनीहरु अफ्ना अन्य क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन गर्न सक्दैनन् । स्मार्टफोनले बच्चाहरुलाई गर्ने असर यतिमा मात्र सीमित छैन । इन्डिपेन्डेन्टले प्रकाशित गरेको सामाग्रीका अनुसार स्मार्टफोनले बच्चाहरुको सिक्ने क्षमता र आत्मअनुशासन कम हुन्छ । साथै बालबालिकाको मानसिक र सामाजिक विकासमा स्मार्टफोनको लतले असर गर्छ । महिला तथा बाल अधिकारकर्मी गौरी प्रधान प्रविधिमा देखिएको यस किसिमको दुरुपयोग रोक्न सबैभन्दा पहिले अभिभावक नै सचेत बन्नुपर्ने बताउँछन् ।
हुन त नेपालमा धेरै बालबालिकाहरु स्मार्टफोनको अम्मली भए पनि केही अध्यन अनुसन्धान भएको छैन । स्वयम् अभिभावहरुले बच्चाहरुको यस्तो लत थाहा पाए पनि केही गर्न सकिरहेका छैनन् । बालबालीकाले इन्टरनेट र विद्युतीय प्रविधिको दुरुपयोग गरेर हैरान भएका अभिभावकहरु भन्छन्– बढ्दो प्रविधिका कारणले बालबालीकाहरु समाज, परिवार र बाहिरी परिवेशबाट टाढीदै गएका छन् । बच्चाहरु मोबाईल चलाउन र गेम खेल्न थालेपछि एकलकाटे जस्तै बनेका छन् । समाज, परिवार र परिवेशमा यसको नकारात्मक असर परिरहेको छ । बालबालीकाहरु पढाई तथा व्यवहारीक कुरालाई भन्दा बढि मोबाईल र ल्यापटपमा केन्द्रित हुन थालेका छन् । यसले बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेको छ । चिकित्सकहरुका अनुसार, मोबाइल, भिडियो गेम तथा विद्युतीय प्रविधि प्रतिको लगावले बालबालिकाको दृष्टि क्षेमतामा समेत समस्या देखिन थालेको छ ।
समास्याबाट छुटकारा कसरी ?
विभिन्न अध्ययन अनुसन्धानहरुमा बच्चाहरुको स्मार्टफोनको लतबाट छुटाउन डिजिटल बस्तुदेखि पर राख्नुपर्ने उल्लेख छ । जानकारहरुका अनुसार पनि बच्चाहरुलाई स्मार्टफो खेल्न दिनुभन्दा अन्य खेल खेल्न प्रेरित गर्नुपर्छ । किताबमा पढ्ने बानी लगाउने र समय कटाउन घुमाउने र फुटबल क्रिकेटजस्ता खेलकुदमा लगाए बच्चाहरुको समग्र विकास हुन्छ । खाना खाँदा, पढ्दा र सुत्ने बेला डिजिटल ग्याजेटबाट बालबालिकाहरुलाई टाढा राख्ने हो भने बच्चाहरु स्मार्टफोन एडिक्सनमा सजिलै फस्दैनन् । अर्कातिर आफ्ना बालबालीकालाई सचेत गराउने पहिलो जिम्मेवारी अभिभावकहरुकै हो भने बालबालीकालाई सम्वन्धीत् बिद्यालय र शिक्षकले समेत सचेत गराउन सक्छन् । किनकी, प्रविधिको बिकास ज्ञान, सिप र क्षमता अभिबृद्धिसँगै भएको हो र यसको सदुपयोग गर्नसके हरेक पुस्ताले सम्पूर्ण विश्वसँग आफूलाई नजिक राख्न सक्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार