Wednesday May 8, 2024 | |

कैलाली बम विस्फोटमा एक जनाको मृत्यु

featured-news

काठमाडौं– सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोटमा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । विस्फोटमा अन्य घाइते को अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।  अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ । 

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ।  

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार