Friday March 29, 2024 | |

यसरी राखिएको छ राजधानीका टोलटोलमा एम्बुस

featured-news

काठमाडौं । तपाईं एकपल्ट आँखा घुमाएर हेर्नुहोस् त अहिले उपत्यकामा घना बस्तीका बीच बग्रेल्ती पेट्रोलपम्पहरु खुलेका छन् । तर त्यसरी खुलेका पेट्रोलमम्पको संवेदनशिलता बारे कसैलाई चासो छैन । अनुमान गरौं त, बस्तीबीचका पेट्रोलपम्प मै आगो लाग्यो भने हालत के होला ? पेट्रोलपम्पमा आगो सल्किइहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता कसैसँग छैन । सानातिना आगो निभाउनै अपुग उपत्यकामा रहेका थोत्रा दमकलहरूले पेट्रोलपम्प लागेको आगो निभाउने आँट कुनैपनि हालतमा गर्नै सक्तैनन् । घरमा लागेको आगो निभाउनै आच्छु आच्छु पर्ने जुद्ध वारुणयन्त्रसँग पेट्रोलको आगो निभाउने भरपर्दो साधन नै छैन । यसतर्फ न त सरकारले नै सोचेको छ, न त पेट्रोलपम्प सञ्चालकहरुले नै ।
कतिपय पेट्रोलपम्प सञ्चालकहरू आफैंले न्यूनतम सुरक्षा पनि अपनाएको पाइँदैन धेरै पेट्रोलपम्पहरूमा साधारण आगो निभाउने स्प्रे, बालुवा र पर्याप्त पानी नै छैन । र तिनै भएका ठाउँमा पनि काम लाग्ने अवस्थामा छैनन् । सुरक्षाको उपाय सवैको जिम्मेवारी हो । तर यो गम्भीर विषयलाई कसैले पनि उठाउन जरुरी सम्झिएका छैनन् ।
नेपाल आयल निगमले २०६५ सालमा जारी गरेको विनियमावली अनुसार नगरपालीका भित्र पम्प संचालन गर्न कम्तिमा २ रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ । पेट्रोलपम्प मानव बस्तिबाट कम्तिमा ५०० फिट पर हुनुपर्छ । एउटा पम्प र अर्को पम्प विचको दुरी ३०० मिटर भन्दा टाढा हुनुपर्छ ।
तर टेकुमा रहेको सरकारी स्वामित्वको नेसनल ट्रेडिङको पेट्रोल पम्प । सडक वारि र पडक पारी २०–२५ मिटरको दुरीमा दुईवटा पम्प सञ्चालक भइरहेका छन् । प्रज्वलनशिल पदार्थ विक्रि हुने यस्ता पम्पको दुरी ३ सय मिटर हुनुपर्ने नियम रहेपनि धेरै पम्पमा यो नियम लागू भएको देखिदैन । यही टेकु–कालिमाटी आसपासको ३ सय मिटरको दुरीमा ४ वटा पम्प चालु अवस्थामा छन् । जसले बिद्येमान ऐनको धज्जी मात्र उडाएको छैन, पाईला–पाईला जोखीम निम्त्याई रहेकोछ नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइत, २०६५ पहिले सञ्चालनमा आएका पम्पका विषयमा कुनै जानकारी नरहेको बताउँछन् । त्यसपछि संचालनमा आएका पम्पहरु नियमसंगत रहेको उनको दावी छ ।
निगमका अनुसार अहिले देशभर झण्डै २३ सय वटा पम्प सञ्चालनमा छन् । थानकोट डिपोबाट मात्र तेल वितरण हुने ३ जिल्लामा मात्र १ सय ८८ वटा तेल वितरण गर्ने पम्प छन् । यी नै कारणले गर्दा हुने सानो लापरबाहिले आम सर्वसाधारणलाई त्रासमा पार्ने गरेको छ । जहाँ जे भएपनि पेट्रोलपम्प जस्तो सम्वेदनशिल क्षेत्रमा लापर्वाहीको पराकाष्टा देखाउनु लाचारीपन हो । यदि समयमै यसको सम्बेदनशिलता नबुझ्ने हो भने जुनकुनै बेला भयानक दुर्घटना निम्तने पक्का छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार