Tuesday April 16, 2024 | |

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

featured-news

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार ३ सयले बढेको सुन आज तोलामा ७ सयले बढेको हो । सोमबार १ सयले नै बढेको थियो ।

गत साता आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो । त्यस्तै मंगलबार ३ सयले बढेको थियो । बुधबार ५ सयले बढेको सुन बिहीबार भने एक हजारले बढेको थियो । शुक्रबार भने ९ सयले बढेको थियो ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार