Friday April 19, 2024 | |

तनहुँ जलविद्युत आयोजनाले मुआब्जा वितरण शुरु गर्यो

featured-news

तनहुँ । ५० करोड ५० लाख अमेरिकी डलरको लागतमा तनहुँ जलविद्युत आयोजनाले निर्माण सुरु गरेको एक सय ४० मेगावट क्षमताको आयोजना प्रभावितलाई ६२ करोड रुपैयाँ भन्दा बढि मुआब्जा वितरण गरिएको छ । चार बर्षमा पुरा गर्ने लक्ष्यका साथ सन् २०१८ को मार्चबाट आयोजनको मुख्य काम सुरु हुंदैछ ।

जसका लागि डुबान क्षेत्रका ५ सय ५० घरधुीले मुआब्जा लिइसकेका र जग्गा, घर टहरा, गोठ तथा रुख विरुवाको समेत मुआब्जा तथा क्षतिपूर्ति वितरण अन्तिम चरणमा पुगेको आयोजनाका साइड इन्चार्ज बिदुर अधिकारीले जानकारी दिनुभयो ।

आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च गठन गरिएको छ । जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता ९पीपीए० मा फेब्रुअरी अन्त्यसम्म हस्ताक्षर हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी मे महिनाभित्र पहिलो र दोश्रो चरणको ठेक्का सम्झौता गर्ने तयारी गरेको छ । पहिलो प्याकेज अन्तरगत आयोजनाको हेडवक्र्स, पावर हाउस बन्नेछ भने दोश्रो प्याकेजमा विद्युतगृह र आयोजनाको सुरुङ निर्माण लगाएतका काम पर्नेछन् । पहिलो प्याकेजमा एडीबी र दोश्रोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले सहयोग गर्नेछन् ।

आयोजनाको जलाशय क्षेत्रमा एक हजार २ सय रोपनी नीजि जग्गा र ४ सय १९ हेक्टर सरकारी जग्गा अर्थात् वन क्षेत्र अधिग्रहण गर्नुपर्ने छ । २५ किलोमिटर क्षेत्रसम्म आयोजनाको जलाशय फैलिने र एक सय ४० मिटर अग्लो बाँध निर्माण हुने जलाशयको लम्बाई एक सय ७५ मिटरसम्म फैलिने छ ।बिजुली उत्पादन भएको वर्षदेखि पहिलो १० वर्षसम्म आयोजनाबाट वार्षिक करिब ५८ अर्ब ७७ करोड युनिट विजुली उत्पादन हुने र त्यसपछि वार्षिक ४८ अर्ब ९९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार