Wednesday April 17, 2024 | |

के तपाईं पेट बढेर हैरान हुनुहुन्छ ? त्यसो हो भने यसो गर्नुस

featured-news

नमोटाउन्जेल मोटाउने रहर हुन्छ र मोटाए पछि पेटमा वोसो वढेर हैरान । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुाडी विस्तारै घााडो बन्दै जान्छ । वास्तवमा बोसो थुप्रिदै जाादा पेट बढ्न थाल्छ । बोसोयुक्त लम्बोदर भुाडी अस्वस्थ जिवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो । बोसो जमेको ठूलो भुँडीले केवल तपाईंको छविमा आाच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम समेत बढाउाछ । त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुाडी घटाउन तर्फ लाग्नैपर्छ । यसका लागि खानै नखाने वा खाएपछि वान्ता गर्ने जस्ता हानिकारक विधि अनुपयुक्त हुन्छन् । पेट घटाउने घरेलु सरल तरिकाहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।

१. आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस्, मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।
२. बढि भात खाने बानी त्याग्नुहोस् भातको साटो गहुाको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्यााख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् ।
३. चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् ।
४. प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने गर्नुपर्छ । यसले उपापचयनलाई सन्तुलित गराउने तथा सरीरमा रहेका विषाक्त पदार्थ समेत उत्सर्जन गर्नमा सहयोग पूराउँछ ।
५.काँचो लसुन खानुहोस् । हरेक विहान २,३ केश्रा कााचो लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी खानुहोस् ।
६.मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।
७. साकाहारी जिवनशैली अपनाउनुहोस् । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।
८. तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यसले इन्सुलिन प्रतिरोधी क्षमतामा सुधार गर्नुका साथै रगतमा रहेको सुगर लेभल समेत सन्तुलन गर्दछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार