Sunday May 5, 2024 | |

विचौलियालाई छेउमा पनि आउन दिएको छैनः अर्थमन्त्री

featured-news

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले विचौलियालाई छेउामा पनि आउन नदिएको बताएका छन् । प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको पनि बताए ।

‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन,’ उनले भने, ‘विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।’

उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’ इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको उनको भनाई छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार