Saturday April 27, 2024 | |

ट्रयाकमा आइपुग्यो देशको अर्थतन्त्र, अधिकांश सूचक सकारात्मक

featured-news

काठमाडौं । झन्डै डेढ वर्षपछि नेपालको अर्थतन्त्र सही ट्रयाकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको उल्लेख छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९र८० को १० महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको सुरुदेखि नै चापमा रहेको वैदेशिक मुद्राको सञ्चिति पछिल्लो समय भने झण्डै १० महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेको छ। प्रतिवेदनअनुसार अहिले १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ। यो चैत महिनासम्मको सञ्चितिभन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ बढी हो। चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो।

२०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो। वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०।९ प्रतिशत थप भएको हो। अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ।

देशमा विप्रेषणको आप्रवाह बढेको छ। पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले बढेको छ। १० महिनामा १० खर्ब पाँच अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुँदै सात अर्ब ७० करोड अमेरिकी डलर भित्रिएको देखिएको छ।

तथ्यांकअनुसार मूल्यवृद्धि पनि घटेको छ। वैशाख मसान्तसम्म उपभोक्ता मुद्रास्फिति ७।४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति भने ९.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फिति ७.८७ प्रतिशत रहेको थियो।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

तथ्यांकअनुसार वैशाखमा ७.४१ प्रतिशत मूल्यवृद्धि भएको छ । जुन गत वर्षको तुलनामा बढी हो । गत वर्षको तुलनामा मूल्यवृद्धि दर भने कम देखिएको छ । गतवर्ष .।७६ प्रतिशत मूल्यवृद्धि थियो । गत वैशाखमा चैतको तुलनामा कम मूल्यवृद्धिदर देखिएको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.२७ प्रतिशतले बढेको छ । केही अघिसम्म नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुगेको भन्दै सरकारको आलोचना भएको थियो ।

सरकारले कर्मचारीलाई तलब खुवाउन विदेशसँग ऋण माग्नुपर्ने जस्ता हल्ला चलाइएको थियो । तर कांग्रेसको अर्थमन्त्री बनेसँगै देशको आर्थिक क्षेत्रमा सुधार देखिन थालेको छ । अहिले पुँजीबजार पनि वृद्धि हुन थालेको छ । घरजग्गा कारोबार बढ्न थालेको छ । सरकारले बजेटमा कित्ताकाट खुलाएसँगै आगामी साउनदेखि अर्थतन्त्रमा व्यापक परिवर्तन आउने अनुमान गरिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार