Friday March 29, 2024 | |

सगरमाथा चढ्ने छिमेकी नै धेरै !

featured-news

काठमाण्डाै - यस वर्षको वसन्तयाममा सगरमाथा चढ्नेमध्ये नेपालपछि सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । कुल ६४४ जनाले सगरमाथाको सफल आरोहण गरेकामा ६१ जना भारतीय नागरिक रहेका पर्यटन विभागले जनाएको छ । यस याममा ७८ जना भारतीय नागरिकले सगरमाथा आरोहणका लागि अनुमती लिएका थिए । 

दोश्रोमा चिनिया नागरिक रहेका छन् । ५४ जना चिनिया नागरिकले सगरमाथा आरोहण गरेका विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि ६० जना चिनिया नागरिकले अनुमति लिएका थिए ।

त्यस्तै तेश्रोमा अमेरिकाका आरोही रहेका छन् । अमेरिकाका ७५ जनाले अनुमति लिएकोमा ४२ जनाले सफल आरोहण गरेका छन् । चौथोमा वेलायतका ४४ जनाले अनुमती लिएकोमा २९ जना शिखर चुम्न सफल भएका छन् । 

नेपालका भने आरोहण अनुमति लिएका १३ जना र आरोहण सहयोगीको रुपमा अनुमति लिएका ३ सय ६४ जना गरी ३ सय ७७ जना शिखरमा पुगेका छन् । 
यस याममा सगरमाथा चढ्नको लागि ३६८ विदेशी र १४ जना नेपालीले अनुमति लिएकोमा विभिन्न ४८ देशका २६७ जना विदेशी र १३ जना नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यस्तै आरोहण अनुमति लिएका ६४२ जना आरोहण सहयोगीमध्ये २ महिलासहित ३६४ जना आरोहण सहयोगी शिखरमा पुगे । आरोहण सहयोगीका रुपमा नेपालीले मात्र अनुमति पाउँछन् । यस याममा ३७ वटा विदेशी समूह र ७ वटा नेपाली समूहले आरोहण अनुमति लिएका थिए । 

कुन देशका कति नागरिकले चढे त सगरमाथा विस्तृत विवरण । (पर्यटन विभागको विज्ञप्ति)

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार