Wednesday April 24, 2024 | |

अर्बपति बनिन् हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम

featured-news

लसएञ्जल्स– हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम कार्दासियन आधिकारिक रुपमा अर्बपति बनेकी छन् । फोर्ब्सले मंगलबार विश्वका अर्बपतिको सूची जारी गर्दा किमको नाम पनि सामेल भएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजन शो र एन्डोर्समेन्ट डिलका अलावा किमका दुई ठूला व्यापारले उनलाई अर्बपति बन्ने यात्रामा सहयोग गरेको थियो । गत वर्ष उनको कुल सम्पत्ति ७ सय ८० मिलियन डलर थियो । जसमा यो वर्ष बढेर अर्ब पुग्यो ।

पत्रिकाका अनुसार किमले आफ्ना दुई व्यापार केकेडब्लु ब्युटी र स्किम्ससमेत किपिङ अप विद कार्दासियन, रियल स्टेट र विभिन्न एन्डोर्समेन्ट सम्झौताका कारण उनको सम्पत्ति यति धेरै पुगेको हो ।

किमले सन् २०१७ मा आफ्नो कस्मेटिक व्यापार केकेडब्लु ब्युटी सार्वजनिक गरेकी थिइन् । यो सार्वजनिक भएको दुई घण्टामै तीन लाख कन्टोर किट्स बिकेको थियो ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार