Thursday May 2, 2024 | |

फ्रान्समा घटे कोरोना भाइरस संक्रमित, २४ घण्टामा १६७ जनामा संक्रमण

featured-news

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १६७ जनामा मात्र संक्रमण देखिएको छ । यसअघि विहिबार त्यहाँ ७५८ जना संक्रमित देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म फ्रान्समा थप २१८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या २४ हजार ५९४ पुगेको छ ।

फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । यसअघि विहिबार त्यहाँ २८९ जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म १ लाख ६७ हजार ३४६ जनामा संक्रमण देखिएकोमा ५० हजार २१२ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

उपचार भइरहेका ९२ हजार ५४० जनामध्ये ३ हजार ८७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार