Thursday April 25, 2024 | |

उत्तर र दक्षिण कोरियाली सेनाबीच सीमामा गोली हानाहान

featured-news

काठमाडौं- उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । 

गैरसैन्य क्षेत्र(डिमिलिटराइज्ड जोन) मा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । 

दक्षिण कोरियाली सेनाको गार्ड पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जानकारी दिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली अधिकारीले पछिल्लो घटनाका बारेमा सैनिक हटलाइनमार्फत बुझिरहेको पनि जनाएको छ । सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ । गैरसैन्य क्षेत्र भनिने ‘डीएमजेड’ विद्युतीय तारको घेरा र ‘माइन’ बिच्छ्याइएको ठाउँ हो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार